काठमाडौँ, मंसिर २५ –
कर्णाली याक्ससँग पराजित भएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सको प्लेअफ सम्भावना केही कठिन बनेको छ।
मंगलबारको दोस्रो खेलमा पोखरा कर्णाली याक्ससँग ७ विकेटले पराजित भएको हो।
एनपीएलको चार खेलमा पोखराले ३ खेलमा हार र १ खेलमा मात्र जित निकाल्दै २ अंकमा छ। पराजित पोखरा २ अंकमा पाचौँ स्थानमा छ।
पोखरालाई पराजित गर्दै कर्णालीले भने एनपीएलमा तेस्रो जित निकाल्दै अंकतालिकामा ६ अंक जोडेको छ। जितसँगै कर्णालीको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ।
पोखराले दिएको १ सय ४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार