काठमाडौं, मंसिर २५ –
कप्तान रोहितकुमार पौडेल र साद बिन जफरको शतकीय साझेदारीप्रेरित लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभर ६ विकेट गुमाएर १६७ रन बनाएको हो ।
लुम्बिनीका कप्तान रोहितले ८० रन बनाए । उनले ५७ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । जारी प्रतियोगितामा रोहितको यो दोस्रो अर्धशतक हो । रोहितले यसअघि पोखरा एभेन्जर्सविरुद्ध पहिलो अर्धशतक प्रहार गरेका थिए ।