काठमाडौं, मंसिर २३ –
नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३६ रनको योगफल खडा गरेको हो ।
प्रतियोगितामा लुम्बिनी आज पहिलो जितको खोजीमा छ । लुम्बिनीले यसअघि भएको आफ्नो तीन खेलमा हार बेहोरिसकेको छ । यता, जनकपुर भने आज चौथो जितको खोजीमा छ । जनकपुरले यसअघिका तीन खेलमा लगातार जित निकालेको थियो ।