काठमाडौं, मंसिर २१ –
कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङप्रेरित लुम्बिनीले लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार रोहितले टस जितेर ब्याटिङमा आउने आफ्नो निर्णयलाई सही साविक बनाउँदै शतक प्रहार गरेपछि लुम्बिनीले निर्धाति २० ओभरमा पाँच विकेट गुमाएर १७० रनको योगफल खडा गर्यो ।
अन्तिम बलमा रनआउट हुनुअघि रोहितले ५९ बल खेल्दै १० चौका र ४ छक्का मद्दतमा ९५ रन बनाएका थिए । अन्तिम दुई बल बाँकी छँदा रोहित ९४ रनमा खेलिरहेका थिए ।
तर अन्तिम ओभरको पाँचौ बलमा सिंगल लिएपछि रोहित शतक बनाउने पहिलो खेलाडी बन्नबाट चुके । अन्तिम बलमा ३ रन लिने चक्करमा दौडिएका रोहित रनआउट भए ।
यस्तै टम मुर्सले ३८ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ४५ रन जोडे ।
रोहित र टम मुर्सले चौथो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरे ।
दुई ओपनर आशुतोष घिरैया र उन्मुक्त चन्द शून्यमा आउट भएपछि रोहित र मुर्सले इनिङ्स सम्हालेका थिए ।
सन्दिप जोराले १५ बलमा २ चौका र १ छक्का प्रहार गरी १८ रन बनाए ।
पोखराका विपिन खत्रीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । म्याट क्रिटलेले १ विकेट लिए ।