काठमाडौं, मंसिर २० –
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को बिहीवारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सकाविरुद्ध काठमाडौं गुर्खाजले टस जितेको छ ।
टियु क्रिकेट मैदानमा भएको टस जितेर काठमाडौंका कप्तान करण केसीले बलिङ रोजेका हुन् । १ खेलमा जित १ मा बेहारेको काठमाडौं बलियो टोली सुदूरपश्चिमलाई हराएर जितको लयलाई निरन्तरता दिन चाहन्छ ।
पहिलो खेल जितेको सुदूरपश्चिम त्यसलाई निरन्तरता दिन चाहन्छ ।