काठमाडौं १५ मंसिर –
न्युजिल्याण्डका ब्याटर मार्टिन गप्टिलले अर्धशतक बनाएपनि जनकपुर बोल्ट्सका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगर किंग्स नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा १२७ रनमा अलआउट भएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको हो ।