Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, बैशाख १५, २०८३
☰
Logo मङ्गलबार, बैशाख १५, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको राशिफल

  • २. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ३. सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

  • ४. बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

  • ५. महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ६. सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

  • ७. मालपोत कार्यालय भक्तपुरबाट ११ जना बिचौलिया पक्राउ

  • ८. पश्चिम नवलपरासीमा १२ घर जलेर नष्ट

  • ९. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • १०. यस्तो रहने छ आजको राशिफल

सरकारको ‘निर्णय र चेतावनी’पछि पनि घटेन हवाई भाडा

काठमाडौं, मंसिर ६ –
अग्रिम टिकट किनेर बढी मूल्यमा बेचेको कारण देखाउँदै सरकारले ट्राभल एजेन्सीहरूले अग्रिम टिकट (टु बी अनाउन्स्ड–टीबीए) खरिद गर्न पाउने अधिकार खारेज गर्यो । त्यो खारेजीसँगै हवाई भाडादर कम हुने अपेक्षा थियो । त्यसो हुन सकेन । अर्थात् भाडादर घटेन । यात्रुहरूले अझै उच्च दरमा टिकट किन्नुपरेको छ ।

टीबीए खारेजीपछि पनि अन्तर्राष्ट्रिय गन्तव्यहरूको टिकट पाउन निकै मुस्किल छ । नेपाल आउने तथा नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्य जाने यात्रुहरूले तत्कालका लागि कुनै पनि एयरलाइन्सको टिकट उपलब्ध गराउन सकेका छैनन् ।

टिकट पाए पनि त्यसको मूल्य निकै उच्च देखिन्छ । तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा जानुपरेको खण्डमा भाडावापत नै एक लाख माथि तिर्नुपर्ने अवस्था छ ।

टीबीए खारेज गरे पनि त्यसले हवाई भाडामा कुनै पनि कमी नआएको उपभोक्ताहरूको गुनासो छ ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणले कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्दा त्यसले नेपाल आउने र बाहिरिने हवाई भाडा उच्च हुन गएको हो ।

मुख्य विमानस्थल १० घण्टा बन्द भएपछि यात्रुहरूले दोब्बर–तेब्बर तिरेर यात्रा गरिरहेका छन् । विमानस्थल बन्द गरेर ३० प्रतिशत उडान कटौती हुँदा त्यसको असर यात्रुले तिर्ने भाडामा परेको हो ।

मुख्य सिजनमा १० घण्टा विमानस्थल बन्द गरेको र यात्रुहरूले तेब्बर भाडा तिर्नु परेपछि सरकारको चर्को आलोचना भइरहेको छ ।

चौतर्फी दबाब र आलोचनापछि भाडादर नियन्त्रणक गर्न प्राधिकरणले अग्रिम टिकट खरिद टीबीए खारेज गरे पनि त्यसबाट टिकट मूल्यमा कुनै असर नभएको यात्रुहरूको गुनासो छ ।

टीबीएमा यात्रुको नामपछि राख्ने सर्तमा ठूलो मात्रामा टिकट ट्राभल एजेन्सीले लगेका हुन्छन् । त्यही टिकट कालोबजारी गरेको आशंकामा टीबीए खारेज गरेको थियो ।

टीबीए खारेज गरेपछि यसले हवाई टिकटको मूल्य पहिलेकै तुलनामा आउने भनिए पनि त्यसले कुनै प्रभाव परेको छैन । यात्रुहरूले दोब्बर–तेब्बर मूल्यमा टिकट काटिरहेका छन् । ‘फेयर रेट’मा कुनै टिकट उपलब्ध नभएको उनीहरूको गुनासो छ ।

काठमाडौंबाट छिमेकी भारतको इन्दिरा गान्धी विमानस्थल जान परेको खण्डमा एकतर्फी ५५ हजार रूपैयाँमाथि तिर्नुपर्ने अवस्था छ । काठमाडौंबाट बंगलादेशको ढाका जान आधा लाख तिर्नुपर्ने अवस्था छ ।

हवाई टिकटको मूल्य अकासिएको र यसले विशेषगरी श्रमका लागि विदेशिनेहरू मर्कामा परेका छन् । संस्कति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री बद्रीप्रसाद पाण्डे टीबीए खारेज भए पनि भाडादर घटाउन नसकिएको स्वीकार गर्छन् ।

“मन्त्रिपरिषद्बाट कार्ययोजना पास भएको छ । तर, त्यो राम्रोसँग कार्यान्वयन भएको छैन,” उनले भने, “भ्याट छुट दिने भनेको त्यो भएको छैन । क्वारेन्टाइन, भिषा सेन्टरलगायतका कार्यहरू भएका छैनन् । भ्याट छुट लगायतका कुरा भएको भए भैरहवालगायतका ठाउँबाट केही सुलभ हुन्थ्यो ।”

टीबीए खारेजपछि टिकट नियमित हुने भनिएको टिकट पाइएको छैन ।

यसअघि कात्तिक २४ गते बसेको क्यान, सरकार र स्वदेशी तथा विदेशी एयरलाइन्स वायुसेवा कम्पनीहरूका प्रतिनिधिको बैठकमा हवाई भाडा भएको अप्रत्याशित वृद्धि रोक्न एयरलाइन्स कम्पनीहरूले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रूपमा टिकट बिक्री गर्ने अधिकार खारेज गरेको थियो ।

उक्त बैठकमा एयरलाइन्स हवाई सेवा सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता बमोजिमको शर्त पालना गर्दै यात्रुलाई मर्का नपर्ने गरी हवाई भाडादर कायम गर्ने सहमति भएको थियो ।

बैठकले हवाई टिकटको मूल्यसूची तोक्ने र सार्वजनिक गर्ने तथा ट्राभल एजेन्सीसँग टिकट बेच्ने सम्झौता गर्दा निश्चित परिमाणमामात्रै गर्ने समेत निर्णय र हवाई भाडादर नियन्त्रण गर्ने जिम्मेवारी एयरलाइन्स सञ्चालकको हुने समेत निर्णय समेत गर्‍यो ।

सरकार र क्यानले उक्त निर्णय गरेपनि त्यसमा व्यवसायीहरूले सहमति नहुँदा अकासिएको भाडादरमा कुनै कमी भएको छैन । कात्तिक २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘ट्याक्सी वे’ निर्माण गर्न १० घण्टा बन्द छ ।

मुख्य विमानस्थल १० घण्टा बन्द गरेर फ्लाइट कटौती गरेपछि त्यसले नेपालको उडान क्षेत्र नै तहसनहस पारेको व्यवसायीहरूको आरोप छ ।

पर्यटकीय सिजनमै भाडाको दर तेब्बर भएको र फ्लाइट समेत नपाएपछि पर्यटकहरू नेपाल आउनु भन्दै अर्के गन्तव्य छान्न थालेको पर्यटन व्यवसायीहरू बताउँछन् । यसले समग्रमै नेपालको पर्यटन क्षेत्रमा असर पार्ने उनीहरूको भनाइ छ ।

वैदेशिक रोजगार व्यवसायी संघका मेघनाथ भुर्तेलका अनुसार, सरकारले टीबीए खारेज गरेपनि त्यसले फ्लाइट टिकटमा केही पनि थपघट नभएको बताउँछ ।

“३५–४० हजारमा हामीले उडाई रहेका श्रमिकहरूले एकलाख माथि तिर्नुपरेको छ,” उनी भन्छन्, “४० हजारमा खोज्दा टिकट पाइँदैन । एकलाख निकाले टिकट तुरून्तै पाइन्छ ।”

टीबीए खारेजभन्दा पनि फ्लाइट संख्या थपेर वा नियमित उडान गर्न दिए टिकट सस्तिने उनको भनाइ छ ।

सरकारले टीबीए खारेज गरे पनि रेट नघटेको नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) का सचिव विष्णु घिमिरे बताउँछन् ।

“टीबीए खारेज स्वागतयोग्य कदम हो । हाल पर्यटकीय सिजन र हाम्रो चाडपर्व पनि भर्खर सकिएको र फ्लाइट कटअफ भएका कारण पनि भाडादर उच्च भएको हो,” उनले भने, “टीबीए खारेजपछि केही कम हुन्छ, भन्ने आशा थियो तर त्यस्तो भएको देखिँदैन ।”

घिमिरेका अनुसार, काठमाडौंबाट दुवई जाने भाडा झन्डै दोब्बरदेखि तेब्बर पुगेको छ । भाडादर उच्च भएकाबारेमा केही गुनासो आइरहेको क्यान नै स्वीकार गर्छ ।

“हामीले पनि कसरी हुन्छ भाडादर कम होस् भनेर अध्ययन गरिरहेका छौं,” उनले भने, “नेपालीहरूलाई त भनेर र नियमअनुसार लिउँ भनेर कम गर्न सकिएला । तर, खुला बजार र माग र पूर्तिका आधारमा चल्ने भएको हुँदा हामी पनि अध्ययनमै छौं । क्यानले कम भाडामा उडाउन अनुरोध गर्ने हो ।”

भाडादर कसरी सस्तो बनाउन सकिन्छ भनेर मन्त्रालयले अध्ययन गरिरहेको मन्त्री पाण्डे बताउँछन् ।

 

Chitwan Aaja चितवन आज
बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
चितवनको ६ पालिकाबाट कर दाता सेवा केन्द्र सुरु

ताजा समाचार

सबै

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवनको ६ पालिकाबाट कर दाता सेवा केन्द्र सुरु

यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

आज मेघगर्जन तथा चट्याङसहितको वर्षा हुने सम्भावना,सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवाः सेवाग्राही अझै अनविज्ञ

तोलामा ३ हजार रुपैयाँ घट्यो सुन

चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र सुरु

यस्तो छ आजको राशिफल

माडीको पर्यटन प्रवर्द्धनका लागि ‘एक्सप्लोर माडी’ पोर्टल सञ्चालनमा

जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

कालिन्चोकमा ढकमक्क फुलेको सेतो गुराँस (तस्बिरसहित)

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    यस्तो छ आजको राशिफल

  • २.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ३.
    सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

  • ४.
    बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

  • ५.
    महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ६.
    सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.