काठमाडौं, मंसिर १-
कांग्रेस र एमाले भ्रष्टाचारीलाई जोगाउनकै लागि मिलेको भन्ने प्रष्ट भइसकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
माओवादी काभ्रे-काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन्।
उनले भने, ‘हामीले सरकारमा हुँदा सामाजिक न्याय र सुशासनको पक्षमा केही रेकर्ड बनाउने कोसिस गर्यौं । त्यही कोसिस गरेबापत अहिले हामी सरकार बाहिर आउने, हामीले भ्रष्टाचारविरुद्ध अभियान चलाएवापत भ्रष्टाचारीहरुलाई जोगाउनकै लागि अप्राकृतिक ढंगले पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएका छन् । यहाँसम्म आउँदा उनीहरुको उद्देश्य सुशासन होइन, भ्रष्टाचारीहरुलाई रक्षा गर्ने र त्यसका विरोध गर्नेहरुलाई कुनै न कुनै रुपले दमन गर्नेतिर केन्द्रित छन् ।’






