काठमाडौं, कात्तिक ३०
काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाएको छ।
चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो ।
चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले डोजर चलाएको बताएको थियो। तर लामो समय बित्दा पनि नहटाएपछि महानगरले डोजर चलाइसकेको छ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






