काठमाडौं, कात्तिक २०-
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा हिरासतमा राखेर अनुसन्धान गरिएका रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ ।
यसअघि थप भएको म्याद सकिएलगत्तै तिहार बिदा भएका कारण उनलाई आज अदालतमा उपस्थित गराइन लागिएको प्रहरीले जनाएको छ ।
लामिछानेलाई कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।






