१४ कात्तिक, काठमाडौं
साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि भिडन्तमा बंगलादेशले नेपालविरूद्ध दोस्रो पटक खेलमा अग्रता लिएको छ।
बंगलादेशका लागि ८१ मिनेटमा ऋतु चक्माले गोल गरिन्। उनले कर्नर एरियाबाट दोस्रो बार च्याप्दै हानेको प्रहारलाई नेपालकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले रोक्न सकिनन्।
त्यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका लागि अमिषा कार्कीले ५६ मिनेटमा बराबरी गोल गरिन्। उनले प्रिति राईले सेन्टर एरियाबाट दिएको पासमा उत्कृष्ट गोल गरेकी थिइन्।