काठमाडौँ, १४ कात्तिक
साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल हुन करिब साढे २ घण्टा बाँकी हुँदै दर्शकहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भेला हुन थालिसकेका छन् ।
बुधबार ४ नबज्दै नेपाल र बंगलादेशबिचको फाइनल खेल हेर्नका लागि दर्शकहरू आउन थालिसकेका हुन् ।
दर्शकहरू आउन थालेसँगै सुरक्षाकर्मीले सुरक्षा जाँचपछि टिकट भएका दर्शकलाई प्रवेश दिइरहेका छन् । साँझ १८ः ३० बजे सुरु हुने फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।