Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, माघ १९, २०८२
☰
Logo सोमबार, माघ १९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • २. आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ३. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४. आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ५. शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ६. आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ७. चितवनमा सुकमायाको हत्या गरि डाँका गर्ने समूह पक्राउ

  • ८. यी हुन् नारायणगढ-मुग्लिन सडकमा दुर्घटना भएको बसका घाइतेहरु (नामावली)

  • ९. दमौलीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

  • १०. भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी

फाइल तस्बिर

काठमाडौँ, कात्तिक १४-
गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ । सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका छन् ।

नेपाल प्रहरीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी पनि बढाइसकेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी बताउनुभयो । आगलागी, नाचगान, देउसीभैलो र जुवातासका कारण हुने हारजित र झैझगडा, मदिरा खाएर रातीमा होहल्ला गरेर समाजलाई नै प्रभावित पार्ने तथा आपराधिक घटना हुनसक्नेतर्फ मध्यनजर गरी सुरक्षामा उच्च निगरानी गरिएको उहाँले बताउनुभयो ।

देशैभरका जिल्लाका सुरक्षा समतिको बैठक बसेर जिल्लाको शान्तिसुरक्षाको अवस्थालाई मध्यनजर गर्दै देउसी भैलोको समय तोक्ने, हूल हुज्जत गर्ने समूहको निगरानी गर्ने, मादक पदार्थ खाएर सवारीमा हिँड्ने हुनाले सडक जाँचलाई थप सदृढ पारिएको प्रहरीले जनाएको छ ।

प्रवक्ता कार्कीले भन्नुभयो, “पटाका र पटाकाजन्य पदार्थ विस्फोटक पदार्थका रुपमा रहेकाले कसैले पड्कायो हामी पनि पड्काउँ न त भन्ने हुनसक्छ, यो गतिविधि विस्फोटक पदार्थसम्बन्धी कसुरमा कारबाही हुन्छ । ओसारपसार भण्डारण बिक्री वितरण र प्रयोग सबैमा प्रतिबन्ध छ । तीन महिनादेखि १ वर्षसम्मको कैद सजायसम्म हुनसक्छ, क्षतिको क्षतिपूर्ति पनि भराइन्छ, त्यसैले यसमा भुलेर पनि कोही संलग्न हुनुहुँदैन ।”

अर्को सामाजिक सञ्जालमा उच्छृङ्खल कुराहरु राख्ने विषयमा पनि प्रहरीले अनुगमन बढाएको छ । उहाँले भन्नुभयो, “प्रहरीलाई के थाहा हुन्छ र भन्ने उद्देश्यले विगतमा गरेको पाइयो । फौजदारी कसुर हुने भएकाले समयमै ध्यान दिनु हुन अनुरोध छ । हामी तपाईंहरुको तिहार शान्तिपूर्ण होस् भनेर खटिएका छौँ, शान्तिपूर्ण रुपमा तिहार मनाउन अनुरोध गर्छु ।”

उहाँका अनुसार तिहारमा प्राविधिक रुपमा निगरानी बढाइएको छ । भिडियो, साामाजिक सञ्जला, सिसिटिभीसहित सादा पोशाकमा प्रहरी परिचालन गरेर सुरक्षा निगरानी गरिरहको पनि प्रहरीले जनाएको छ ।

सवारी चालकको अवस्था हेर्ने र कारबाही भइरहेको छ । दसैँअघि नै सुरक्षा योजना सार्वजनिक गरिएको थियो । त्यही कार्यान्वयनमा रहेको छ । यसअघि नै सामाजिक सञ्जालबाट पनि सार्वजनिक आह्वान गरिएको छ । यसपालि तिहारमा ४८ हजारको हाराहारीमा प्रहरी परिचालन गरिएको बताउँदै प्रवक्ता कार्कीले कोही प्रहरीलाई बिदामा नपठाइने बताउनुभयो ।

“किरिया, बिरामीलगायत अत्यावश्यक काममा बिदामा पठाइन्छ, सामान्य अवस्थामा कोही प्रहरी बिदामा बस्दैनन्, सबै तिहार सुरक्षामा हुन्छन्, यो स्पष्ट निर्देशन नै छ”, उहाँले भन्नुभयो ।

यसपालि दसैँमा भन्दा केही यातायात सहज रहेको तर कच्ची सडक, निर्माणाधीन सडक भएकाले जोखिम रहेको छ । ती सडकहरुमा समेत निगरानी बढाइएको र सुरक्षा टोली नै परिचालन गरेर यातायात सहज पारिने जनाइएको छ ।

जथाभावी लापरबाहीपूर्ण तरिकाले, नशाको तालमा गाडी चलाउने अवस्थालाई पूर्णरुपमा निस्तेज पार्न सूक्ष्म निगरानी पनि भइरहेको छ । जुवा र जुवाजन्य गतिविधिमा कडा निगरानी गरिएको छ । गैरकानुनी गतिविधि गरेर हिरासतमा पुग्दा र अपराध मुद्दा लागेर तिहार नै नमिठो हुने हो की, कानुनी कारबाहीमा परिने हो कि, यसतर्फ ध्यान दिन कार्कीले अनुरोध गर्नुभएको छ ।

बढी भाडा लिने अवस्थाको अन्त्य गर्न पनि निगरानी गरिएको र त्यस्ता गतिविधि भए तत्काल प्रहरीमा खबर गर्न अनुरोध पनि गरिएको छ । सोही अनुसार ट्राफिक प्रहरी समेत परिचालित भएका छन् ।

उपत्यका सुरक्षामा उच्च निगरानी

काठमाडौँ उपत्यका प्रहरीले उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का लागि एकीकृत रुपमा सुरक्षा योजना लागू गरी निगरानी बढाइएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले यसपाली दसैँ अघि लागू गरिएको चाडपर्व लक्षित सुरक्षा योजना लाभदायी देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आपराधिक घटना र दुर्घटनाबाट हुने क्षति कम भएको छ । तिहारमा पनि सोही अनुसारको सुरक्षा निगरानी गरिएको छ । संयुक्त सुरक्षा योजना लागू गरिएको छ ।”विस्फोटक पदार्थ भित्रिन नदिन उपत्यका भित्रिने नाकामा जाँचमा कडाइ, देउसीभैलोमा निगरानी स्थानीय प्रशासनसँग समन्वय गरेर ठाउँ जोखिम हेरेर सुरक्षाकर्मी परिचालन भएका छन् । जुवातास, अवैध मदिरा उत्पादन बिक्री रोक्न प्रहरी पूर्ण रुपमा परिचालन गरिएको छ ।

केही अघि मात्रै पटाका भित्र्याउने दुई जनालाई मुद्दा चलाइएको र उनीहरुबाट तीन बोरा पटाका बरामद गरिएको घिमिरेले बताउनुभयो । उपत्यकामा ५ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालित रहेको र आवश्यकता अनुसार रिजर्भ फोर्स तयार गरेर राखिएको पनि उहाँले बताउनुभयो ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

उहाँले जुवातास, लड्गुरबुर्जा खेल्ने÷खेलाउने, भुइँचम्पा, पटका, आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग, ओसार पसार, विक्री वितरण गर्ने जस्ता कार्य नगर्न÷नगराउन पनि अनुरोध गर्नुभएको छ । उहाँले देउसी भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरु मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले सञ्चालन गर्न सार्वजनिक आह्वान नै गर्नुभएको छ ।

यस्तै अन्य जिल्लाले पनि सुरक्षा अवस्थालाई ध्यानमा राखेर आवश्यक निर्देशन र अनुरोध सार्वजनकि गरी तिहारलाई शान्तिपूर्ण बनाउन अनुरोध गरेका गृह मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यका ट्राफिकको ठाउँठाउँमा जाँच अभियान

काठमाडौँ उपत्यका ट्रफिक प्रहरीले चाडबाड लक्षित गरेरएक हजार पाँच सय ट्राफिक प्रहरी परिचालन गरी निगरानी गरिरहेको छ । १४ स्थानमा यात्रु सहायता कक्षा स्थापना गरिएको छ । ट्राफिक कम्युनिकेसन एप बनाइएको छ । त्यसमार्फत लामो दूरीमा दुईजना चालक राखेको छ कि छैन भनेर उपत्यकाको नाकामै निगारनी गर्न थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । उहाँका अनुसार त्यही एपमा प्रहरीले फोटो खिचेर हालेपछि ट्र्याक गर्न सकिनेछ । लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन ९मापसे० परीक्षणमा जनशक्ति थपेर कडाइ गरिएको छ ।

क्युआरटी र टिआरएस टोली परिचालन गरिएको छ, यो करिडोर व्यवस्थापनका लागि भएको उहाँले बताउनुभयो । उपत्यका भित्रिने १० नाकाहरुमा विशेष जाँच गर्न थालिएको छ ।

प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराकै कमाण्डमा २५ जना सहभागी कमाण्ड पोष्ट नै स्थापना गरी ट्राफिक व्यवस्थापनको काम गरिरहेको छ । जस्तोसुकै घटनाको ‘रेष्पोन्स’ दिनका लागि उक्त कमाण्ड पोष्ट निर्माण गरिएको हो । नियमित अनुगमन जारी रहेको तथा सम्मानजन व्यवहारमाथि समेत निगारनी भइरहेको उहाँले बताउनुभयो ।

यातायात सहज पार्ने प्रयास

तिहारमा घर जाने यात्रुका कारण केही दिनदेखि यातायातमा समेत चाप बढेको छ । तर पनि दसैँमा जस्तो सास्ती खेप्न भने नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

“सडकको जोखिमपूर्ण अवस्था कायम हुँदाहुँदै पनि हामीले यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्याउनका लागि अहिले सवारी साधान थप गरेका छौँ, यसपालि ढुक्कले तिहार मनाउन जान पाउने वातावरण निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो ।

दैनिक रुपमै यात्रुहरुले टिकट काटेर जानसक्ने अवस्था रहेको पनि उपाध्यक्ष सिटौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “अग्रिम बुक गर्नुपर्ने बाध्यता छैन तर अग्रिम बुक गर्दा यातायात सिट व्यवस्थापनमा भने सहज हुनेछ ।” भाइटीकाकै दिनसम्म कोही यात्रुलाई अलपत्र पार्ने अवस्थामा यातायात व्यवसायी नरहेको उहाँले बताउनुभयो । रासस

 

Chitwan Aaja चितवन आज
बुधबार, कार्तिक १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बदलिएको कांग्रेसले देश विकासको नेतृत्व गर्छः महामन्त्री पौडेल
एक महिनामा भित्रियो दुई खर्ब रेमिटेन्स, नाघ्यो १० खर्ब
प्रतिनिधिसभा सदस्य निर्वाचनः आयोगले सोध्यो बालेनसहित २९ जनालाई स्पष्टीकरण

ताजा समाचार

सबै

बदलिएको कांग्रेसले देश विकासको नेतृत्व गर्छः महामन्त्री पौडेल

एक महिनामा भित्रियो दुई खर्ब रेमिटेन्स, नाघ्यो १० खर्ब

प्रतिनिधिसभा सदस्य निर्वाचनः आयोगले सोध्यो बालेनसहित २९ जनालाई स्पष्टीकरण

चितवन उद्योग वाणिज्य संघले ६६ औं स्थापना दिवस मनायो

चुनावमा एक थोपा रगत बग्नु हुँदैन, एक जना घाइते हुनुहुँदैन : प्रधानमन्त्री

पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्खौली घरमा

कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ

विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ

रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा न्यायाधीश मल्ल र निरौलाको इजलासमा

दुई लाख ८६ हजार ६०० रुपैयाँमा झर्यो सुनको मूल्य

नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठ : राष्ट्रपति पौडेल टोकियोमा

नारायणी नदीमा सुरु भयो नेपालकै पहिलो लक्जरी ‘राइनो क्रुज’

आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

२० माघमा फेरि हिउँ र पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

जनसमर्थनको लहरसँगै चितवन–२ मा मिना खरेल बलियो दाबेदार

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • २.
    आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ३.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ५.
    शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ६.
    आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.