६ कात्तिक, काठमाडौं
‘भिस्तारा’ को जहाजमा बम रहेको नभेटिएको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ । मंगबालर दिउँसो ४ :३० बजे काठमाडौंमा अवतरण भएको भिस्तारामा बम रहेको धम्कीपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो ।
‘भिस्टारको जहाजमा बम वा अन्य कुनै शंकास्पद वस्तु भेटिएन,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘सेना तथा प्रहरीको सर्च अपरेसनले जहाजको आन्तरिक तथा वाह्य भाग एवं यात्रुका ब्यागेज सबै जाँच गर्दा शंकास्पद वस्तु केही भेटिएन । त्यसपछि जहाजलाई खतरामुक्त प्रमाणित गरियो ।’
भारतको एउटा ह्वाट्स एप नम्बरबाट भिस्टारको उक्त जहाजमा बम राखिएको कल आएपछि सुरक्षा निकायले जहाजमा सर्च गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै रोकिएको भिस्टाराको जहाज अब भारत नयाँदिल्लीका लागि उडान गर्ने क्रममा छ ।






