काठमाडौं, कात्तिक ४-
सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै पोखरामा सहकारी पीडितहरु सडकमा निस्किएका छन् ।
उनीहरुले आफूहरुले सहकारीमा बचत गरेको रकम फिर्ताको माग गर्दै सडकमा निस्किनुपरेको बताएका छन् ।
“हाम्रो रकम फसेको छ, बाहिरी जिल्लाबाट आएर हामीमाथि नै दबाब दिने को हो ?,” पीडितको प्रश्न छ । उनीहरुले रविलाई बचाउन राजनीतिकरण गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगीको विषयमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेपनि रास्वपाले षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै सरकारको विरोध गर्दै आएको छ ।






