काठमाडौं, असोज २२
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भूभागबाट यसपालिको मनसुन बाहिरिएको छ।
बागमती प्रदेशको पश्चिमी भू–भाग र मधेश प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट पनि बहिर्गमन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट गत असोज २० नै मनसुन बाहिरिएको थियो।
यस वर्षको मनसुन गत जेठ २८ गते भित्रिएको थियो। सरदर अक्टोबर २ मा मनसुन बाहिरिनुपर्नेमा यसवर्ष केही ढिला गरेर मनसुन बहिर्गमन भएको हो।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






