काठमाडौं असोज १४
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको सम्मेलनमा झडप भएको छ ।
काठमाडौंको कीर्तिपुरमा जारी अधिवेशनको क्रममा सोमवार झडप भएको हो ।
नेतृत्व चयनको विषयलाई लिएर विवाद भएपछि सम्मेलनमा झडपको स्थिति भएको हो । झडप नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ ।
प्रतिनिधिका लागि दर्ता शुल्क चर्को गरिएको भन्दै अर्को समूह आक्रोशित बनेको छ ।
नेतृत्व चयनमा विवाद भएपछि अध्यक्षका आकांक्षीले सोमबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसँग भेट गरेका थिए ।
संस्थापन पक्षले विभिन्न काण्डमा मुछिएका दीपेश पुनलाई अध्यक्ष बनाउने प्रयास गरेपछि विवाद बल्झिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार