काठमाडाैं, असोज १०
लागुऔषध बिक्री वितरण तथा ओसारपसारको आरोपमा पक्राउ परेका ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाका अनुसार बयान सकाएर सरकारी वकिल कार्यालयमार्फत अदालतमा मिसिल बुझाएपछि श्रेष्ठ ७५ हजार रुपैयाँ धरौटी बुझाएर अदालतको आदेशमा छुटेका हुन् ।
श्रेष्ठले सञ्चालन गरेको औषधि पसलबाट चिकित्सकको प्रेसक्रिप्सनबिना मनोद्विपक पदार्थ बिक्री गरेको आरोप लागेको थियो ।
श्रेष्ठलाई कास्की प्रहरीले गत भदौ २७ गते पक्राउ गरेको थियो ।
प्रकाश थापामगर नाम गरेका व्यक्ति टुप्याइन ट्याबलेटसहित पक्राउ परेपछि उनकै बयानबाट श्रेष्ठ पक्राउ परेका थिए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार










