काठमाडाैं, साउन ९
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले पदभार ग्रहण गरेका छन् ।
मुख्यमन्त्री लामालाई मन्त्रिपरिषद्का प्रमुख सचिव गोविन्दबहादुर कार्कीलगायत अधिकृत तथा कर्मचारीहरूले स्वागत गरेका हुन् ।
त्यसैगरी, नवनियुक्त मन्त्रीहरूले पनि आ–आफ्नो मन्त्रालयमा आजै पदभार ग्रहण गरेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका प्रमुख सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।