चितवन, १३ असार
चितवनको भरतपुर- ११ स्थित नारायणी पब्लिक स्कूलका दुई विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।
आज (बिहिबार) प्रकाशित एसईईको परीक्षाफलमा नारायणी पब्लिकका विद्यार्थी एलिजा सिग्देल र जानभी कँडेलले ४ जिपिए ल्याएका हुन् ।
नारायणी पब्लिक स्कूलमा ८० जना विद्यार्थीले एसईई परिक्षा दिएका थिए । जसमध्य २ जनाको ४ जिपिएसहित ३० जनाले ए प्लस ल्याएको स्कूलका प्रिन्सिपल बेदराज न्यौपानेले जानकारी दिनुभयो ।
गतबर्ष यस स्कूलका २ विद्यार्थीले ४ जिपिए ल्याएका थिए भने विद्यालयले उत्कृष्ट नतिजा हाँसिल गरेको थियो ।