चितवन, जेठ १०
भरतपुर महानगरपालिकाको मेयरमा पुनः निर्वाचित भएकी रेनु दाहालले अधुरा काम पूरा गरेर भरतपुरलाई नमुना शहर बनाइ छाड्ने बताएकी छिन् ।
विजयी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनताले अपेक्षा गरेका विभिन्न कामका साथै अधुरा काम पूरा गरी नेपालका अन्य शहरभन्दा उत्कृष्ट शहर बनाउने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
भिडियोमा हुेर्नुहोस्, चुनाव जितेपछि दाहालले सञ्चारकर्मीसँग गरेको कुराकानी :