चितवन, जेठ ७ –
भरतपुरको बाइपास सडकमा रुख र पोलहरु ढल्दा सडक अवरुद्ध भएको छ ।
हिजो शुक्रबार साँझ आएको हावाहुरीसहितको वर्षाले प्रहरी तालिम केन्द्र अगाडिका रुख र पोलहरु ढलेका हुन् ।
अहिले रुख र पोल पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ ।
प्रहरी तालिम केन्द्र अगाडि सिमेन्ट बोकेको ना ६ ख ३२३७ नम्बरको ट्रकमाथि रुख ढलेको थियो । उक्त ट्रक हटाउने कार्य पनि भइरहेको छ ।
सडक डिभिजन कार्यालय अगाडि बाइपास सडकमा रहेको ट्रान्सफर्मर पनि ढलेको छ । उक्त ट्रान्सफर्मर भएको ठाउँमा पनि प्राविधिकहरुले काम गरिरहेका छन् ।
विििभन्न स्थानमा पोलहरु ढल्दा भरतपुरका धेरै स्थानमा हिजो साँझदेखि विद्युत अवरुद्ध भएको छ । खानेपानीका धारामा पानी पनि नआउँदा भरतपुरबासीले सास्ती खेप्नु परेको छ ।