चितवन जेठ १३
नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला पुल नजिकै पहिरो खसेर एक्सकाभेटर चालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका मा पर्ने तुइन खोलामा पुल निर्माण भइरहेको स्थानमा पहाड काट्ने क्रममा आइतबार बिहान ९ बजे बा २ क ६८५१ नम्बरको स्काभेटर माथि ढुंगासहितको पहिरो खस्दा बर्दिया गेडुवा गाउँपालिका वडा नम्वर ४ घर भएका ३८ बर्षिय मंगल चौधरीको मृत्यु भएको हो । गम्भिर घाइते चौधरीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार पहिरोले मेसिनमा क्षति पुगेको छ । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख १५११ नम्बरको ट्रकमा समेत क्षति पुगेको छ । पहिरो खसेपछि केहीबेर सवारीसाधन समेत अबरुद्ध भएको थियो ।
अहिले यातायात संचालनमा रहेको प्रहरीले जनाएको छ ।