भरतपुर, चैत २९
चितवनको माडी माडी नगरपालिकामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
माडी नगरपालिका १ रिऊ खोला पुल नजिकै घासे मैदानमा भैँसी चराउने क्रममा दुई जनालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा माडी १ सेरुवा बस्ने ५६ वर्षीय सुर्य महत्तो र सोही ठाँउमा बस्ने ५० वर्षीय तेजबहादुर पौडेल क्षेत्रि रहेका छन् । महत्तोको टाउको, निधार र हातमा चोट लागेको छ भने पौडेलको ढाडको १ वटा करङ भाचिएको र हात ददारेको छ दुवै जनाको अबस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पौडेलको १ वटा भैँसी मारेको र भैँसी घटनास्थलनै रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार