काठमाडौं, १४ चैत
अवैध लागूऔषधसहित चितवन र झापाबाट ६ जना पक्राउ परेका छन् ।
प्रहरी प्रधान कार्यालयकाअनुसार चितवनको ईच्छाकामना गाउँपालिका-७ सिमलडाँडाबाट अवैध लागूऔषध गाँजा ११ किलोसहित सोही ठाउँ बस्ने ३० वर्षीया नरमायाँ गुरूङ समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
झापा, बुद्धशान्ति गाउँपालिका-१ बिचचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय श्याम सुन्दर ठाकुर समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार