चितवन, २ चैत
चितवनको मादी माडी नगरपालिका ८ स्थित कान्तिपुरमा रहेको एक घरमा आगलागी भएको छ । स्थानीय ६५ वर्षीय गोकर्ण गायकको काठ र खरको छाएको घरमा आगलागी भएको हो ।
बिहीवार साँझ ६ बजे स्थानीय कुलबहादुर हरिजनले आफ्नो खाली जग्गामा आगो लगाउने क्रममा आगोको झिल्का उडेर गोकर्णको घरमा आगो लागेको हो ।
आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने करिब दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको हो ।