काठमाडौं, १ जेठ-
सिरहाको औरही गाउँपालिका–५ मा शनिबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा औरही गाउँपालिका–१ बस्ने ३० वर्षीया तेतरी देवी दास रहेकी छिन् ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी दासको उपचारको क्रममा प्रादेशिक अस्पताल सिरहामा मृत्यु भएको हो ।
भारतिय नम्बर प्लेटको मोटरसाइकलले पैदल हिडिरहेकी दासलाई हिजो बेलुकी ७ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल सहित चालकलाई जिल्ला प्रहरी कायालय सिरहाले नियन्त्रणमा लिएको छ ।-न्युज कारखाना
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार