चितवन, २० माघ
फिस्लिङमा जिप पल्टिदा ११ जना यात्रु घाइते भएका छन् । फिस्लिङबाट कुरिन्टार तर्फ आउंदै गरेको प्र ३ ०१ ०२३ च ३८२ नम्बरको हाइलेक्स जिप अचानक सडकमा पल्टिदा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर र फिस्लिङको पोलिक्निकमा उपाचार भईरहेको प्रहरीले जनाएको छ ।
चितवन फुलबारि बस्ने २३ वर्षीय सुर्दशन गुरुङ गम्भीर घाइते भएका छन् । उनको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ।
सवारी चालक सोलुखुम्बु दुधकुण्ड न पा ११ बस्ने बर्ष २६ को अर्जुन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइतेहरुको थप विवरण :-
१)गम्भिर घाईतेः जिल्ला चितवन फुलबारि बस्ने बर्ष २३ को सुर्दशन गुरुङ टाउको र हातमा चोट मध्यम पुरानो मेडिकल भरतपुरमा उपचार भईरेको पुरुष
२)जि.चितवन इच्छाकामना गा पा ३ बस्ने बर्ष १९ को निरिषा गुरुङ ढाड र निधारमा चोट भरतपुर को लागि रिफर महिला
३)ऐ ऐ बस्ने बर्ष १९ को सुदिप गुरुङ टाउकोमा चोट कुरिन्टार जनता केयरमा उपचार हुँदै पुरुष
फिस्लिङको पोलिक्निकमा उपचार भएको
४)ईच्छाकामना गा पा ३ बस्ने बर्ष २० को एन्जिस गुरुङ खुट्टा र मुखमा श्वास प्रस्वासमा समस्या रिफर पुरुष
५)ऐ ऐ बस्ने बर्ष १५ कि मनिता गुरुङ मुखमा चोट सामान्य महिला
६)ऐ ऐ बस्ने बर्ष १३ कि एनि तामाङ सामान्य वेहोस भएको महिला
७)ऐ ऐ ७ बस्ने बर्ष २० को अन्जिता तामाङ सामान्य महिला
८)ऐ ऐ बस्ने २१ कि सरस्वति तामाङ मुखमा चोट सामान्य महिला
९) ऐ ऐ ३ बस्ने बर्ष १६ कि खुसि तामाङ टाउको चोट सामान्य जनता केयर उपचार हुँदै । महिला
१०)ऐ ऐ बस्ने बर्ष १५ कि एलिसा गुरुङ ढाडमा चोट सामान्य
११)ऐ ऐ बस्ने बर्ष १४ को सुजन गुरुङ ढाडमा चोट सामान्य