चितवन, ११ माघ
राष्ट्रियसभा सदस्यको निर्वाचनमा वाग्मती प्रदेशमा हालसम्म ३३० जनाले मतदान गरेका छन् ।
प्रमुख निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलका अनुसार हालसम्म स्थानीयतहतर्फ २३७ मतदातामध्ये २२९ जना र प्रदेशसभाका ११० मध्ये १०१ जनाले मतदान गरेका छन् ।
मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको छ ।