काठमाडाैं माघ ५
मङ्सिरसम्म उडानको १२ हजार रुपियाँ लिँदै आएका पोखराका प्याराग्लाइडिङ कम्पनी अहिले सस्तोमा उडान भन्दै विज्ञापन गरिरहेका छन् । उडानमा रहेको एकद्वार प्रणाली हटेपछि अहिले कम्पनीहरूले तीनदेखि चार हजार रुपियाँ उडान गरिरहेका हुन् ।
प्याराग्लाइडिङ व्यवसायीबिचको विवादले खुला प्रणालीमा गएपछि उडान शुल्क ७५ प्रतिशतसम्म घटेको हो । गएको मङ्सिर अन्तिम साता २१ कम्पनीले उडानमा खुला प्रणाली माग्दै व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) मा निवेदन दिएका थिए ।
व्यवसायीको मागबमोजिम खुला प्रणालीमा जाने निर्णय लिएपछि बढेको विवादले दुई साता उडान नै ठप्प बनेको थियो । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा व्यवसायी आफैँले मूल्य तोकेर उडान गर्न सहमत जुटेपछि पुस १५ देखि फेरि उडान सुरु भएको थियो । गोरखापत्रमा खबर छ ।