काठमाडौं पुस ८,
अफलाइन पठाओ र इनड्राइभ चलाउने मोटरसाइकल राइडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ प्रहरी परिसर काठमाडौंको टोलीले ४८ जना मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौंमा शनिबार र आइतबार गरेर उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका केही चालकमाथि अभद्र मुद्दामा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी प्रहरीको छ । अफलाइनमार्फत् यात्रुहरुसँग पैसाको बार्गेनिङ गर्ने, हैरानी दिनेलगायतको गुनासो आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । केही राइडर भने मोटरसाइकल नै छाडेर भागेका छन् ।
अहिले सम्म प्रहरी कुल ७५ वटा मोटर साइकल नियन्त्रणमा लिएको जनाएको छ ।