काठमाडाैं मंसिर २४,
सेवाग्राहीको चाप कम गर्दै छिटोछरितो सेवा प्रवाहका लागि यातायात कार्यालयमा अनलाइन प्रणाली सञ्चालनमा तीव्रता दिइएको छ । आर्थिक वर्ष २०८०/८१ मा १८ वटा यातायात कार्यालयलाई अनलाइन प्रणालीमा लगिने योजनाअनुसार हालसम्म १४ वटा कार्यालयमा अनलाइन प्रणाली सुरु भएको छ ।
यातायात व्यवस्था विभागका अनुसार पछिल्लो एक सातामा धनगढी, महेन्द्रनगर, नेपालगन्ज, बुटवल र दाङको यातायात कार्यालयमा अनलाइन प्रणालीबाट सेवा सुरु भएको छ ।
अब अनलाइनबाटै सवारीसाधन दर्ता, लाइसेन्सको कर बुझाउने, नामसारी, दर्ता खारेज र सवारीसाधन नवीकरण जस्ता कार्य हुने छन्, गोरखापत्रमा खबर छ ।