चितवन, १० मङ्सिर
नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा एलबी बुढाथोकी सर्वसम्मत चयन भएका छन् ।
मंसिर ९ र १० गते दुईदिन हेटौंडामा सम्पन्न अनेरास्ववियुको प्रथम अधिवेशनले बुढाथोकीलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो ।
अध्यक्षका अर्का दाबेदार नरहेपछि बुढाथोकी सर्वसम्मत रूपमा नेतृत्व चयन भएका हुन ।
अधिवेशनले बुढाथोकीको नेतृत्वमा ९ पदाधिकारी सहित ५१ सदस्यीय कमिटी गठन चयन गरेको छ । कमिटीको ३ उपाध्यक्षमा क्रमशः युवराज दाहाल, अच्युत उप्रेती, निशा पुडासैनी सचिवमा प्रकाश कालाखेती, सहसचिव प्रशान्त जङ्ग पाण्डे, पवन तामाङ र जिप छिरिङ शेर्पा कोषाध्यक्षमा अमृत बर्तौला र कार्यालय सचिवमा लक्ष्मण सिलवाल चयन भएका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार