काठमाडौँ, १ कात्तिक
इलाका प्रहरी कार्यालय सिंगटी दोलखामा कार्यरत प्रहरी निरीक्षक विक्रम लामा उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् ।
६८ औँ प्रहरी दिवसको अवसरमा लामालाई मंगलबार बागमती प्रदेश प्रहरीले उत्कृष्ट पुरस्कार दिएको हो ।
सुन प्रकरणको अनुसन्धान गरेका इन्स्पेक्टर लामालाई उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रदान गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
असोज ११ मा इन्स्पेक्टर लामा नेतृत्वको टिमले सिंगटीबाट ४ किलो सुन बरामद गरेको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ किलो र तेस्रो पटक लामा बगरबाट ढुङ्गामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद भएको थियो ।