चितवन,२८ असोज
मुग्लिङ नारायणगढ सडक स्थित जलबिरेमा स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिन्धुपालचोक लिशंखु पाखर गाउँपालिका ६ बस्ने २४ बर्षीय संगिता भण्डारी रहेकी छन् ।
आज बिहान ७:४५ बजेको समयमा बा.प्र.०२०४६ प १६९२ नं. को स्कुटर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । स्कुटर अनियन्त्रित भई पल्टिदा स्कुटर चालक भण्डारीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।