चितवन, असोज २३
इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित गोरखा होटल एण्ड लजमा आज एक पुरुष मृत फेला परेका छन् ।
सोमबार बेलुका एक महिलासँग बास बसेका पुरुष आज बिहान मृत फेला परेका हुन् ।
होटलमा बस्ने समयमा सरिता सुनारको नाम टिपाइएको थियो । सुनार भने फरार भएकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पण्डितका अनुसार मृतक पुरुषको पहिचान खुलेको छैन ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार