Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, फागुन २८, २०८२
☰
Logo बिहिबार, फागुन २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ६. चितवनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

  • ७. अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

  • ८. दोलखाको मालु मतदान केन्द्रमा अर्को मितिमा मतदान हुने

  • ९. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • १०. मात्तिएर, आत्तिएर हैन सुझबुझ तरिकाले जान्छौं : सभापति लामिछाने

चितवनको माडी नगरपालिकामा जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय

चितवन, २० भदौ
पुर्खाैँदेखि खोला र वनजङ्गलको भरमा जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेका छन् । चितवनको माडी नगरपालिका–१ वनकट्टामा रहेका बोटे समुदायका एक सय आठ परिवार अहिले खोला र वनजङ्गलको विकल्पको खोजीमा जुटेका हुन् ।

खोलानाला र वनजङ्गलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनु परेपछि उनीहरुले वैकल्पिक पेसाको सुरुआत गरेका छन् । वैकल्पिक पेसाको रूपमा यहाँका बोटे समुदायले होमस्टे (घरबास) सञ्चालन गर्ने र सामुदायिक माछापोखरी निर्माणजस्ता काममा जुटेका छन् । उनीहरूले २०७७ देखि १० वटा बोटे होमस्टे (घरबास) र चार सामुदायिक माछापोखरी बनाएका छन् । अगुवा जगनारायण बोटे पहिला दैनिकी चलाउनका लागि माछा मार्न जानुपर्ने भए पनि अहिले त्यस्तो नरहेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “अहिले पहिलाको जस्तो वनजङ्गल र खोलामा आश्रित हुनुपरेको छैन ।” कहिलेकाहीँ रहरले माछा मार्न खोलामा जाने गरेको भए पनि पहिलेको जस्तो अवस्था अहिले नरहेको बोटेले बताउनुभयो । होमस्टे सञ्चालनमा आएसँगै वार्षिक खर्च कटाएर रु ६०–७० हजार कमाइ हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जले २०७२ सालमा निकुञ्ज र ताल कार्यक्रमसँग मिलेर माडीका ती समुदायलाई माछापालन तथा होमस्टे सञ्चालनका लागि तालिम दिएको थियो । तालिमपछि यो समुदायले बोटे परिकार खुवाउनका लागि होमस्टे सञ्चालन गरेको लालुमाया बोटे बताउनुहुन्छ । जङ्गल र खोलानालामा धेरै जाने जाति भनेर चिनिएको यस समुदायमा अहिले मुहार फेरिन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला हामी छ महिना खेतीपाती गरेर खाए छ महिना जङ्गल र खोलानालामा गएर गुजरा चलाउनुपथ्र्याे । होमस्टे सञ्चालनमा आएसँगै त्यो समस्या हटेको छ ।” अहिले होमस्टेमा आउने पाहुनाका लागि खुवाउन पोखरी निर्माण गरी माछापालन गरिरेहको उहाँले जानकारी दिनुभयो ।

बोटे सामुदायिक होमस्टेको नामबाट सञ्चालनमा ल्याइएका होमस्टेमा एकपटकमा ६० जनासम्म बस्न मिल्ने व्यवस्था छ । होमस्टे सञ्चालनमा आएसँगै पहिलाको जस्तो खोला र जङ्गलमा निर्भर हुनु नपरेको विका बोटे बताउनुहुन्छ । खोलानालामा र वनजङ्गलमा जाँदा वन्यजन्तुको आक्रमणबाट परिवार गुमाउनुभन्दा अर्को विकल्प खोज्नु उत्तम भएकाले होमस्टे सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । अहिले होमस्टे सञ्चालनमा ल्याएर गुजारा चलाउन थालेसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्वसमेत कम भएको बोटेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी भनेको वनजङ्गल र खोलानालाको पनि संरक्षण गर्ने जाति हो ।”

बोटे सामुदायिक होमस्टेका अध्यक्ष सन्तोष बोटे पहिलेको तुलनामा माछा मार्ने, जङ्गल जानेलगायतका काम कम हुँदै आएको बताउनुहुन्छ । उहाँका अनुसार अहिले बोटे समुदायले होमस्टे सञ्चालन, सामूहिक माछापालन, बाख्रापालन, खेती किसानीलगायतका काममा लागेर खोला र वनजङ्गल छोडेका हुन् । उहाँले भन्नुभयो, “खोलामा गएर माछा मार्ने, जङ्गलमा गएर न्यूरो, तामालगायत ल्याएर बेच्नुभन्दा यही जग्गा भाडा तथा ठेक्का लिएर खेतीपाती गर्ने गरेका छन् ।” वैदेशिक रोजगारीमा समेत जाने प्रचलन यो समुदायमा बढ्न थालेको बोटेले जानकारी दिनुभयो ।

माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो होमस्टे सञ्चालन र माछापालनसँगै उनीहरुको जीवनस्तरमा केही सुधार आएको बताउनुहुन्छ । उहाँले होमस्टे निर्माणका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उनीहरूलाई ज्ञान र सीप दिएर वन र खोलामा आश्रित हुनबाट रोक्नुपर्छ ।”

खोलामा गएर माछा मार्ने र त्यही माछा बिक्री गरेर जीविकोपार्जन गर्ने बोटे सामुदायलाई वैकल्पिक पेसामा लगाउन सकेमा संरक्षणमा समेत टेवा पुग्ने उहाँको भनाइ छ ।रासस

Chitwan Aaja चितवन आज
बुधबार, भदौ २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

ताजा समाचार

सबै

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

चितवन कारागारबाट भागेका १ सय कैदीबन्दी अझै फर्किएनन्

नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिनको लाइन

इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु

ज्ञानेन्द्र शाहीसँग पराजित भएपछि जमानत जफत भएकी विनिताको चुनाव खर्च झण्डै १० लाख

निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

१ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

रास्वपाको दुई तिहाइ पुग्न दुई सिट कम, कसले कति सिट पाउँदै छन् ?

सकियो समानुपातिकतर्फको मतगणना

रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट न्यायाधीशद्वय प्रधान र पौडेलको इजलासमा सुनुवाइ हुँदै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ६.
    चितवनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.