चितवन, साउन २३
वर्षाका कारण पटक–पटक अवरुद्ध हुने नारायणगढ–मुग्लिन सडकमा राष्ट्रिय स्वतन्त्र पार्टीले र्यापिड एक्सन टिम (आरएटी) खटाएको छ । प्रदेशका संयोजक विजय गुप्ताको नेतृत्वमा सो टिम खटिएको हो ।
पहिरोका कारण अलपत्र परेका यात्रुहरुलाई सहजीकरण गर्दै यात्रालाई सहज बनाउन टिममा ५० जना युवाहरु खटिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देल जानकारी दिए ।
उक्त टोलीले नारायणगढ–मुग्लिन सडक खण्डमा प्रहरीसँग सहकार्य गर्दै जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न कालीखोला लगायतका विभिन्न स्थानमा सहजीकरण गरिरहेका छन् ।