चितवन, १३ साउन
भरतपुरमा रहको बोस्टन इन्टरनेशनल कलेजका विद्यार्थीले परियोजना प्रर्दशनी गरेका छन् । परियोजनामा आधारित रहेर शिक्षा हासिल गर्ने उद्देश्यका साथ बिसिआइएस छैठौँ र आठौँ सेमेस्टरका विद्यार्थीले आफ्नो परियोजनाका विषयमा तयार परेको विषयवस्तु प्रर्दशनी गरेका हुन् ।
सो कार्यक्रममा “एप्लिकेसन-बि प्रिजेन्ट”, “सेकेरयूटि सिस्टम- थर्डआई”, “मोबाइल एप्लिकेसन-जोडी,” “इम्बेडेड-अटोमेटिक इरिगेसन (एग्रोटेक)”, “मोबाइल एप्लिकेसन-खाना फाइन्डरू”,”इम्बेडेड-पेस्ट सेग्रेसन”,”मेशिन लर्निङ-डिजिज डिटेक्सन नामक परियोजनाहरुको प्रदर्शनी रहेको थियो।
प्रत्येक समूहले आफ्नो परियोजनाको प्रस्तुति र डेमो दिएका थिए। यस कार्यक्रममा विभिन्न आइटि क्षेत्रका उद्यमी, विशिष्टका साथै शिक्षक शिक्षिकाहरु अतिथिका रुपमा उपस्थित रहेका थिए। विद्यार्थीहरुले आफूले बनाएको परियोजनाको बिक्रि गर्न सक्ने समेत बताएका थिए। त्यस्तै गरी बिसिआइएस सातौं सेमेस्टरमा सत प्रतिशत नतिजा आउन सफल भएको उपलक्ष्यमा उत्सव पनि मनाइएको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरुले विद्यार्थीहरूले बनाएका परियोजनाको प्रशंसा गर्दै आगामी दिनहरुमा त्यस परियोजनामा आफूले सहायता प्रदान गर्ने समेत बताएका छन्। कार्यक्रमको अन्त्यमा सम्पूर्ण विद्यार्थीहरु तथा अतिथिहरुको सम्मान गर्दै बोष्टन ईन्टरनेशनल कलेजका कार्यकारी निर्देशक राजु लामाद्वारा मन्तव्य दिँदै कार्यक्रम औपचारिक रुपमा समापन भएको घोषणा गर्नुभएको थियो।