चितवन, १० साउन
लोकसेवा तयारीको लागि अध्ययन गर्ने पुस्तकमा महिला सम्बन्धि अत्यन्तै गम्भीर निच शब्द प्रयोग गरी बनाएको प्रश्नमाथि अनेरास्ववियु जिल्ला कमिटी चितवनले आपत्ति जनाएको छ ।
आज अनेरास्ववियु जिल्ला कमिटी चितवनका हरि आचार्यले बिज्ञप्ति जारि गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
राम एकवाल दासद्वारा लिखित ” नेपाल वन सेवा दिग्दर्शन गेम स्काउट वन रक्षक सफलताको साथी ” नामक पुस्तकको १४३ पृष्ठमा महिलालाई निच शब्द प्रयोग गरिएको थियो । उक्त पृष्ठमा महिलालाई भालु किन भनिएको होला ? भन्ने प्रश्न रहेको थियो ।
सो पुस्तक विद्या विकास पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो ।
महिलाको संवेदनशीलता माथि खेलबाड गर्ने नियत देखिएकोले प्रकाशन, लेखक र सम्पादकलाई सार्वजनिक रूपमा माफि माग्न अनेरास्ववियुले माग गरेको छ । साथै बजारमा भएको पुस्तक फिर्ता लिन भनिएको छ ।
माफि नमागे अनेरास्ववियु चितवन निर्मम कदम चाल्न बाध्य हुने समेत चेतावनी दिइएको छ ।