भरतपुर,६ साउन
भरतपुर महानगरपालिका वडा नं. ११ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरूले जनसंख्या र भुगोलको आधारमा बजेट विनियोजन नगरेर महानगरपालिकाले वडा नं ११ लाई अन्याय गरेको बताएका छन । मेयर रेणु दाहालले राजनितीक प्रतिशोतको आधारमा बजेट हालेकोले बजेट वडा नं ११ मा अन्य सानो जनसंख्या र भुगोल भएका वडा सरह बजेट छुट्टयाइएकोमा असन्तुष्टि जनाएका हुन ।
कार्यक्रममा सहभागीहरूले वडा भित्र अघोषित लोडसेडिङले विद्यार्थीहरूलाई समस्या परेको, विद्यार्थी छात्रवृत्ति वितरण, वडामा विद्यार्थी परिचयपत्रको आधारमा ४५% छुटको व्यवस्था कार्यान्वयन नभएको, कृषि, बाटोघाटो, ढल, बर्षायाममा पानिको आदि बिषयहरूमा बोलेका थिए ।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष कमल मल्लले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन वडा सचिव ओमप्रकास न्यौपानेले गर्नुभएको थियो ।