चितवन,६ साउन
अनेरास्ववियु चितवनले शनिवार पनि अभियानलाई जारी राखेको छ ।
कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अनेरास्ववियु केन्द्रीय क्याम्पस कमिटीको आयोजनामा अनेरास्ववियुको केन्द्रीय सर्कुलर एवम् महाअभियान अन्तरगत सदस्यता वितरण तथा नविकरण कार्यक्रम क्याम्पसको सभाहलमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि विश्वविद्यालय राष्ट्रिय कमिटी सहसचिव क सुनिल घिमिरे , विशिष्ट अतिथि अनेरास्ववियु जिल्ला कमिटी चितवनका अध्यक्ष क. हरि आचार्य , अतिथिहरू महानगर कमिटी संयोजक क. सुवास सुवेदी, जिल्ला सहसचिव द्वय क. प्रदिप पराजुली र क. विज्ञान बाबु अधिकारी, सानका अध्यक्ष क. महेश खड्का लगाएको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष क. एकराज पराजुली रहनुभएको थियो भने कार्यक्रमको संचालन क. मनिषा पोख्रेलले गर्नुभएको थियो ।











