काठमाडाैं, साउन २
काठमाडौ महागरपालिका क्षेत्रभित्र जथाभावी रूपमा फिल्मको पोस्टर टाँसेको भन्दै एक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
महानगरले नेपाली वेबसाइट मिडिया हाउस प्रालि नामक कम्पनीलाई उक्त जरिवाना तोकेको हो ।
फिल्मको पोस्टर टाँसी दृश्य प्रदूषण तथा फोहोरमैला गरेबापत जारिवाना गरिएको महानगरले जनाएको छ ।











