काठमाडौं साउन १
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।
अर्याललाई मोबाइलमा मेसेज पठाएर धम्की दिएको आरोपमा प्रहरीले खोटाङ मजुवागढी रूपाकोट–९ का विजय कालिकोटेलाई पक्राउ गरेको हो । उनलाई कपनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
असार १९ गते राति १:२६ बजे मोबाइलबाट मेसेज पठाएर अर्याललाई धम्की दिएको आरोप लागेको छ ।










