चितवन,३१ असार
चितवन प्रदर्शनि केन्द्रमा “शनिबारे मेला” लाग्ने भएको छ। स्थानीय कृषिजन्य,रैथाने,मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनहरुको प्रवर्द्धन गर्ने उदेश्यले “शनिबारे मेला” अर्थात Saturday Mart आयोजना गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष त्रीलोचन कंडेलले जानकारी दिनुभयो।
शनिबारे मेला यहि मिति २०८० साल साउन ६ गते देखि सुरु हुन लागेको हो।उक्त मेला बिहान ६:०० बजे देखि ११:०० बजेसम्म लाग्ने छ।
मेलामा ताजा फलफूल तथा तरकारी,घरेलु अचार,मह तथा भान्साका लागि आवश्यक चाइने सामग्री,हस्तकलाका सामग्रीहरु,अण्डा,माछा,गेडागुडीहरु,चिया,कफि तथा हर्वल सामग्रीहरु र विभिन्न परिकारका खानाका स्टलहरु राखिने छन।मेलामा स्टल राख्न चाहानेहरुका लागि प्रतिदिन प्रति स्टल रु १,००० रहेको छ।
मेलामा अवलोकन गर्न आउने ग्राहकहरुको लागि नि:शुल्क प्रवेशको समेत व्यवस्था रहेको छ।
मेलाबाट स्थानीय उत्पादनको बजारीकरणलाई सहयोग मिल्ने गरि सो स्टल राख्न लागिएको हो।