काठमाडौं । सरकारले साउन १ गतेदखि नेपालमा प्रसारण हुने विदेशी च्यानल बन्द हुने अवस्था आएको बताएको छ ।
भारतीय सःशुल्क टीभी च्यानल प्रसारक संस्थाहरूले नेपालको ‘आलाकार्ट’ प्रणाली कार्यान्वयन गर्न अटेर गरेपछि समस्या आएको हो ।
सरकारले आगामी साउन १ गतेबाट आलाकार्ट शुल्क प्रणाली पूर्ण रूपमा लागु हुने जानकारी गराउँदै असार २८ गतेभित्र सशुल्क विदेशी च्यानलहरूको शुल्क र बुके विभागलाई उपलब्ध गराउन भनेको थियो ।
तर, कुनै पनि शुल्क तथा बुके प्राप्त नभएकाले तोकिएको समयमा नयाँ शुल्क प्रणाली लागु गर्न अवरोध देखिएको विभागले जनाएको छ ।










