चितवन,२९ असार
यसै शैक्षिकसत्र देखि अर्बिट कलेजले कक्षा ११ र १२ मा चार वटा उत्कृष्ट संकायका एकेडेमिक कोर्स थपेको छ।
यसै बर्षदेखि होटल म्यानेसमेन्ट,डिजाइनिङ्ग र कानुन बिषयको कोर्स थपेको हो।चार संकाय मध्य राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ मा इन्टेरियर डिजाइनिङ्ग र फेसन डिजाइनिङ्ग बिषयमा नेपाल मै पहिलो पटक यस कलेजले सम्बन्धन प्राप्त गरेको कलेजका अध्यक्ष दिपेन्द्र राज ढकालले जानकारी दिए।
यस अघि अर्बिट कलेजमा बायो साइन्स,कम्प्युटर साइन्स र म्यानेजमेन्ट बिषय पढाई हुदै आइरहेको थियो।
स्वदेश वा बिदेश जहाँ रहेर पनि इन्टेरियर डिजाइन वा फेसन डिजाइनको राम्रो स्कोप भएको बुझेर नै यि कोर्सहरुको सम्बन्धन लिएको अध्यक्ष ढकाल बताउछन्।