काठमाडौँ,असार २८
प्रधानमन्त्री पत्नी एवम् माओवादीका केन्द्रीय सल्लाहकार सीता दाहालको निधनको घडीमा सांसद कार्कीले दिएको अभिव्यक्तिप्रति माओवादीले आपत्ति जनाएको हो।
प्रतिनिधि सभा सदस्य डा.तोसिमा कार्कीको अभिव्यक्तिप्रति नेकपा (माओवादी केन्द्र) ललितपुरले खेद प्रकट गरेको छ।
जिल्ला इन्चार्ज दिनेश महर्जन (दिपेश) र संयोजक शिव कट्टेलले संयुक्त विज्ञप्ति प्रकाशित गरी सांसद कार्कीले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
विज्ञप्ति मा भनिएको छ , “उहाँको उक्त अभिव्यक्ति खेदजनक र असंवेदनशिल युक्त भएको बिषयमा हाम्रो निष्कर्ष रहेको छ।अत: कमरेड सिता दाहालको निधनको दु:खद घडिमा तोसिमा कार्कीले दिनुभएको अभिव्यक्ति प्रती खेद प्रकट गर्दै घोर भत्सर्ना गर्दछौ। ”











