२६ असार, काठमाडौं ।
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौं ल्याइएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार शव काठमाडौं शिक्षण अस्पतालमा लगिएको छ । सुरुमा ४ जनाको शव ल्याइएको थियो । दोस्रो हेलिकप्टरमा दुई शवसहित ६ जनाकै शव काठमाडौं ल्याइएको छ ।
काठमाडौँका लागि बिहान १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटमा हराएको थियो । सो हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।










