काठमाडौँ, २६ असार
मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ स्थित चिहानडाँडामा सोमवार दुर्घटनामा परेको थियो ।
हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार रहेका थिए । हेलिकप्टरमा सवार रहेका सबैको नामावली सार्वजनिक भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएका थिए ।











